Monday, December 15, 2014

धनञ्जय गोत्रीय मरासिनीको चिनारी


 
"हामी मन्त्रद्रष्टा ऋषिका सन्तान हौं, वैवस्वत मनु हाम्रा आदिम पुर्खा हुन् ।"

 

                                                                     

                                                                  काशीनाथ मरासिनी

                                    मरेङ्ग, आँपकाटे, अर्घाखाँची, हाल काठमाण्डौं ।

. विषय प्रवेश

मानवले यस संसारमा जन्म लिएपछि र्सवप्रथम आफूलाई नै चिन्नु पर्दछ । म को हुँ, कहाँबाट आएको हुँ, मेरा पिता, माता र पुर्खा को हुन्, मेरो जाति, धर्म, देश र राष्ट्रियता कुन हो - आदि बिषय जान्नु पर्दछ । यी बिषयको जानकारीपछि आफ्नो सनातन धर्म र परम्पराको बारेमा जानकारी पाउँन सकिन्छ । संक्षेपमा आफ्नो परिचय भनेको आफू जन्मेको स्थान, देश, धर्म, वर्णजाति, गोत्र-प्रवर समेतको परिचय नै सक्कली परिचय हो । हामी वैदिक सनातन धर्मका अनुयायी हिन्दू आर्यजाति हौ । यथार्थमा हामी मन्त्रद्रष्टा ऋषिका सन्तान हौ । हामीलाई आफ्नो गोत्र र प्रवरको बारेमा यथार्थ जानकारी नहुँदा आफ्नो गौरवमय पुर्खाहरुको सही परिचय दिन सकिरहेका छैनौं ।

हाम्रो पूर्वीय वाङमय (वेद, उपवेद, उपनिषद र पुराण आदि) मा मानव जातिको उत्पत्ति प्रथम सृष्टिका सम्बन्धमा गहन अध्ययन र विवेचना गरिएको छ । हाम्रा वेद, पुराणहरु र विभिन्न धार्मिक ग्रन्थहरू हाम्रा पूर्वज एवं ऋषिमुनिहरूले मानव कल्याणकालागि रचना गरेका अमूल्य निधिहरु हुन् । यी धार्मिक ग्रन्थहरूमा ब्रह्माण्ड र पृथ्वीको सृष्टि कसरी भएको हो, सृष्टिकर्ता को हुन्, भन्ने बारेमा विस्तृत रुपमा वर्णन गरिएको छ । विभिन्न पुराणहरु (बराहपुराण, ब्रह्मपुराण र श्रीमद्भागवत महापुराण)मा सृष्टि र विकासको कालक्रम अर्थात् भूत, वर्तमान र भविष्यलाई विभिन्न भागहरूमा विभाजन गरी मूल्याङ्कन र विश्लेषण गरिएको छ ।यसैगरी विभिन्न कल्प, मन्वन्तर र युग आदिमा घटेका घटनाहरूलाई पनि अत्यन्त रोचक ढंगले वर्णन गरिएको छ।प्रस्तुत लेखमा सृष्टि र मानवको उत्पत्ति सम्बन्धमा हाम्रो पूर्वीय दर्शनमा उल्लेखित केही प्रसङ्ग सहित प्राचीन पुर्खाहरूको बारेमा सङ्क्षिप्त जानकारी गराउने प्रयास गरिएको छ ।

. सृष्टि सम्वन्धी पूर्वीय र पाश्चात्य दर्शनको धारणा

दर्शनशास्त्रमा पूर्वीय दर्शनलाई सबैभन्दा प्राचीन दर्शन मानिन्छ ।  पाश्चात्य जगतमा बिज्ञानको जन्म हुनुभन्दा पहिले भारतीय उपमहाद्वीपमा पूर्वीय दर्शनको विकास भैसकेको थियो । बिज्ञानले पूर्वीय दर्शनको मार्गदर्शनको आधारमा अफ्नो अनुसन्धान अगाडि बढाएको छ । बर्तमान समयसम्म ब्रह्माण्डको उत्पत्ति निकै रहस्यमय र कौतुहलताको बिषय रहेको छ । पूर्वीय दर्शनले ब्रह्माण्डलाई अनन्त र असङ्ख्य रुपमा वर्णन गरेको छ । विशाल ब्रह्माण्ड बिज्ञानको पहुँचभन्दा बाहिर छ । हालसम्म विज्ञान सौर्यमण्डलभित्र पर्ने केही ग्रहहरुसम्म मात्र पुग्न सकेको छ । सौर्य मण्डल ब्रह्माण्डभित्रको एउटा सानो पिण्ड हो ।  सौर्य मण्डलभित्र हाल बुध, शुक्र, पृथ्वी, मङ्गल, वृहस्पति, शनिश्चर, अरुण र वरुण ग्रहहरु छन् । पृथ्वी सौर्यमण्डलको तेस्रो ठूलो ग्रह हो । सौर्यमण्डलभित्रको यस ग्रहमा नै समस्त प्राणी जगतको विकास भएको छ । मानवको उत्पत्ति र विकास पनि यसै ग्रहमा भएको छ । अन्य ग्रहहरु बसोवास गर्न  योग्य छैनन् । सौर्य मण्डलभित्र पर्ने कतिपय ग्रहहरु र त्यहाँ भै रहने घटनाहरु तथा विशाल ब्रह्माण्ड विज्ञानको अनुसन्धानको बिषय बनेका छन् ।

बराहपुराण, ब्रह्मपुराण र श्रीमद्भागवत महापुराणले बिराटपुरुषलाई असङ्ख्य र अनन्त ब्रह्माण्डको एकमात्र सृष्टिकर्ता, र्सवशक्तिमान स्वामी एवं सञ्चालकको रुपमा सविस्तार ब्याख्या गरेका छन् । बिराटपुरूषलाई पूर्णब्रह्म वा पूर्णपरमात्मा पनि भनिन्छ । उहाँ अजन्मा, सनातन, अविनासी र अक्षर पुरूष हुनुहुन्छ । परब्रह्म विराटपुरूषले आफ्नो बचन शक्तिद्वारा सतलोक, अगमलोक र अलख लोक तथा भूलोक, भूवर्लोक, र्स्वर्गलोक, महलोक जनलोक, तपलोक, भूतल, पातल, रसातल, विभिन्न द्वीपहरू एवं सात समुन्द्र आदि सबै रचना गर्नु भएको वर्णन ऋग्वेदमा पाईन्छ । बिराटपुरुषले सृष्टि र ब्रह्माण्ड संचालनको लागि शास्वत प्राकृतिक नियम बनाउनु भएको छ । उहाँबाट प्रतिपादित नियमलाई कसैले पनि उलङ्घन गर्न सक्दैन । प्राकृतिक नियमलाई सूर्य, चन्द्र, पृथ्वी, विभिन्न ग्रह, वायु, आकाश, समय, पानी, अग्नी, बनस्पति र प्राणीजगत सबैले अनिवार्य रुपमा पालन गरिरहेका हुन्छन् । उदाहरणको लागि सूर्यले प्रकाश र ताप नदिने, चन्द्रमाले शीतलता नदिने, वायुले वर्षा नदिने, पृथ्वीले वनस्पतिलाई उर्वर शक्ति तथा प्राणी जगतलाई आश्रय नदिने हो भने सृष्टि संचालन हुदैन । तर्सथ प्राकृतिक नियमलाई स्वभाविक गुणको रुपमा समेत लिईन्छ ।

ब्रह्माण्ड, सृष्टि, पृथ्वी र मानव जातिको उत्पत्ति र विकासका सम्वन्धमा पाश्चात्य र पूर्वीय दर्शनका फरक फरक धारणा, सिद्धान्त, मान्यता र दृष्टिकोणहरु रहेका छन् । पाश्चात्य दर्शनले पृथ्वीको उत्पत्ति अन्तरीक्षमा भएको ठूलो विस्फोटनको कारण आजभन्दा करीब चार अरब चौवन्न करोड बर्षपहिले सूर्यबाट टुक्रिएर आएको एउटा टुक्राबाट भएको बताउँदछ भने वर्तमान मानवलाई, विकासवादी सिद्धान्त अनुसार अमिवा, जलचरप्राणी त्यसपछि स्थलचरप्राणी र चिम्पाञ्जीको विकासक्रम पार्रगर्दै विकास भएको विकसित रुप मान्दछ । तर पूर्वीय दर्शनले पृथ्वी र मानव जातिको उत्पत्तिको मूल स्रोत परब्रह्म परमात्मा विराटपुरूषलाई बताउँदछ । पूर्वीय दर्शनको आधारमा ज्योतिषशास्त्रीहरुले सृष्टिको प्रारम्भ आजभन्दा करिव एक अरब पन्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय पन्ध्रबर्षपहिले भएको अनुमान गरेका छन् भने भूगर्भविद् प्रो.पेरीले बिज्ञानको सहायताको आधारमा रेडियमको खोजद्वारा पृथ्वीको उत्पत्ति दश करोड बर्षपहिले भएको बताएका छन् । तर युगमानका हिसावले पृथ्वीको उत्पत्ति बाह्र करोड बर्षपहिले भएको अनुमान छ । पूर्वीय दर्शन र आधुनिक बैज्ञानिकहरु बीच, पृथ्वीको उत्पत्ति हजारौं बर्षपहिले भएको हो वा करौडौं बर्ष पहिले भएको हो? पृथ्वीले सूर्यको परिक्रमा गर्दछ वा सूर्यले पृथ्वीको परिक्रमा गर्दछ ? संसार डुब्ने गरी भूतकालमा पृथ्वीमा बाढी आएको थियो, थिएन ? प्राणीहरु बिस्तारै विकसित भएका हुन् अथवा इश्वरीय सृष्टि हुन् ? के ब्रह्माण्ड अनन्त छ ? के आईन्सटाईनको रिलेटिभिटि सिद्धान्त ठीक छ ? भन्ने विषयमा वर्तमान समयसम्म पनि पूर्वीय र पश्चिमी दर्शन बीच मतभेदहरु कायमै छन् ।

पूर्वकालका बैज्ञानिकहरुले धर्ममा निकै आस्था राख्ने गर्दथे । उनीहरुले धर्म र बिज्ञानका बीचमा सम्बन्ध स्थापित गर्ने कोशिष पनि गर्दथे । उदाहरणको लागि न्युटनले गुरुत्वाकर्षणको कारण ग्रहहरुले सूर्यको परिक्रमा गर्दछन् भन्दै यस्तो हुनुमार् इश्वरीय शक्तिलाई स्वीकार गरेका थिए । रोमन क्याथोलिक चर्चले एक्काईसौ शताब्दिभन्दा पूर्व बैज्ञानिक सिद्धान्त मान्ने र नमान्ने अधिकार आफूसंग सुरक्षित भएको दावी गर्दथ्यो । यसैकारण ब्रुनोलाई अमान्य बैज्ञानिक सिद्धान्त बनाएको कारण जिउँदै जलाईएको थियो भने ग्यालिलिओलाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने सिद्धान्तलाई फिर्ता लिन बाध्य गरिएको थियो । तर वर्तमान समयमा चर्चले धेरैजसो स्थापित बैज्ञानिक सिद्धान्तलाई स्वीकार गर्दछ । यसप्रकार ब्रह्माण्ड, सृष्टि र पृथ्वीको उत्पत्ति बारेमा सबैका आ-आफ्ना अनुमान र तर्कहरू छन् ।

. विभिन्न कल्प र युगहरूको प्रसङ्ग

पूर्वीय दर्शनमा सृष्टि र विकासको समय गणनाको लागि कल्प शब्द वैदिक कालदेखि प्रयोगमा आएको पाईन्छ । सनातन हिन्दूधर्ममा कल्प धेरैलामो समयचक्रलाई मापन गर्ने एउटा प्रशिद्ध मापदण्ड हो । हिन्दूधर्ममा मानव जीवनको आयु सामान्यतया एकसय वर्ष मान्ने गरिन्छ । त्यसैगरी सृष्टिकर्ता ब्रह्माजीको आयु पनि एकसय वर्ष निर्धारण गरिएको छ । तर मानव र ब्रह्माजीको आयुको गणनामा भने ठूलो भिन्नता छ । ब्रह्माको एकदिन बराबरको समयलाई कल्प भनिन्छ । ब्रह्माको प्रत्येक दिनको समाप्तिपछि प्रलय हुन्छ । ब्रह्माजीको रात्रीकालको समय नै प्रलय हो । प्रलयको समय पनि ब्रह्माजीको दिनजस्तै लामो हुन्छ । रातबितेपछि ब्रह्माजीले पुनः नयाँ सृष्टि आरम्भ गर्नु हुन्छ । यसप्रकार कल्प र युगहरु पनि दिनरात जस्तै निरन्तर चलिरहेका हुन्छन् भनी श्रीमद्भागवत महापुराणमा बताईएको छ ।

मनुष्यलोकमा आजको सूर्योदयदेखि भोली बिहानको सूर्योदयसम्मको अवधिलाई एकदिन अर्थात् २४ घण्टा वा ६० घडी मानिन्छ । ३६५ दिनको एकवर्ष हुन्छ  । युग भनेको पूर्व निर्धार्रित वर्षलाई मापन गर्ने इकाई हो ।श्रीमद्भागवत महापुराणमा मर्यादापुरुषोत्तम भगवान् श्री रामचन्द्रको राज्यकालपछि त्रेतायुग समाप्ति भै द्वापर युगको प्रारम्भ भएको र राजा परिक्षितको समयदेखि वर्तमान कलियुग प्रारम्भ भएको बताईएको छ । वर्तमान कलियुग यो वर्षम्म ५११६ वर्ष बितिसकेको छ ।समयचक्र अनुसार अहिले श्वेत वराहकल्पको वैवस्वत मन्वन्तर चलिरहेको    छ । अहिले हामी श्वेतवराहकल्प अर्न्तर्गतको अर्ठ्ठाईसौं कलियुगको प्रथम चरणमा छौं । कलियुगको समय सीमा ४,३२,००० वर्ष बताईएको छ । कलियुगको समय भन्दा द्वापर, त्रेता र सत्ययुगको समय क्रमशः दुईगुणा, तीनगुणा र चारगुणा ठूलो छ । त्यसैले द्वापरयुगको समय ८,६४,००० वर्ष त्रेतायुगको समय १२,९६,००० वर्ष र सत्ययुगको समयलाई १७,२८,००० वर्षमानिएको छ । यी चारैयुगको संयुक्त अवधिलाई एक चतुर्युगी भनिन्छ । यस्ता १,००० वटा चतुर्युगीको समयावधिलाई एउटा कल्पको समय मानिन्छ । यसप्रकार ब्रह्माजीको एकदिन मानव जीवनको  ,३२,००,००,००० (चार अरब बत्तीस करोड) वर्ष बराबरको हुन्छ । ब्रह्माको एकवर्ष विष्णुको १ दिन हुन्छ, विष्णुको एकवर्ष रूद्रको १ दिन हुन्छ । ब्रह्माजीको आयु ५० बर्ष पुगीसकेको छ । हाल ब्रह्माजीको ५१ बर्षो पहिलो कल्प चल्दैछ । यस कल्पमा पनि २७ वटा चतुर्युगी बितिसकेका छन् । अब कल्पना गरौं ब्रह्माजीको एकदिनलाई एउटा कल्पको रुपमा मान्दा ५१ बर्षमा कति कल्प, कति युग र कति मन्वन्तर  बिते होलान् ?

ब्रह्माको एक महिनामा तीसवटा कल्प हुन्छन्, तिनीहरुलाई श्वेतवराह कल्प, नीललोहित आदि विभिन्न नामले सङ्केत गरिएको हुन्छ । प्रत्येक कल्पलाई १४ भागमा विभाजन गरिएको  हुन्छ । यसरी विभाजन गरिएको खण्ड वा समयलाई मन्वन्तर भनिन्छ । अर्थात् एउटा कल्पको समयावधि ४,३२,००,००,००० ( चार अरब बत्तीस करोड बर्ष ) लाई १४ ले भागगर्दा हुन आउने भागफल लगभग ३०,८५,७१,४२९ (तीसकरोड पचासी लाख एकहत्तर हजार चारसय उनन्तीस वर्ष ) नै एक मन्वन्तरको समय हो ।तर्सथ एउटा कल्पमा १४ मन्वन्तर हुन्छन् । यी मन्वन्तर पनि भूत, वर्तमान र भविष्यत् कालगरी तीनकालखण्डमा घुमिरहन्छन् । प्रत्येक मन्वन्तरमा बेग्लाबैग्लै मनु, सप्तर्षि, इन्द्र र इन्द्राणी हुने गर्छन् । प्रत्येक मन्वन्तरमा एकजना मनुले सृष्टिस्थितिको जिम्मा पाएका हुन्छन् । यही मनु शब्दबाट मानिसलाई सङ्केत गर्ने मनुष्य, मनुवा, मान्छे वा मानिस शब्दको उत्पत्ति भएको हो ।  बराहपुराणमा चौध मनुहरुको नाम यसप्रकार बताईएको छ -स्वयंभुव, स्वारोचिष, उत्तम, तामाश, रैवतक, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्यमसावर्णी, धर्मसावर्णी, रुद्रसावर्णि, देवसावर्णि र इन्द्रसावर्णि । हिन्दू समयचक्रको मापन विधि अनुसार सत्य, त्रेता, द्वापर र कलियुग करीव ७१ पटकघुम्दा एउटा मनुको समय  सकिन्छ । वर्तमान कल्पमा छ वटा मनुहरु (स्वयंभुव, स्वारोचिष, उत्तम, तामाश, रैवतक, चाक्षुष) ले भोग गरिसकेका छन् । वर्तमान मनु वैवस्वत हुन् । यस कल्पका यी सातौ नम्वरका मनु हुन् । वैवस्वत मनु नै वर्तमान मानव जातिका आदिम पूर्खा हुन् । वैवस्वत मनु ब्रह्माजीका मानसपुत्र मरीचिका पलाति कश्यपऋषिका नाति विवस्वासका छोरा हुन् ।वैवस्वत मनुका इक्ष्वाकु, नभग, घृष्ट, शयोति, नरिष्यन्त,नाभाग, दिष्ट, करुप, पृषधु र बसुभर नामक दशपुत्रहरु थिए भनी वराहपुराण र श्रीमद्भागवतमा उल्लेख गरिएको छ । विभिन्न कल्प, मन्वन्तर, मनु र युगहरुको प्रसङ्गलाई यही छाडेर अब भगवान् विष्णुका अवतारहरू बारे छोटो चर्चा गरौं ।

. भगवान् विष्णुका अवतारहरू

विराटपुरुष पूर्णपरमात्माले मानवलाई सर्त्कर्मप्रति उत्प्रेरित गरी जीवनलाई सार्थक बनाउन र धर्मको रक्षागर्दै सृष्टिलाई व्यवस्थित तुल्याउन विभिन्न समयमा भिन्न भिन्न रूपमा यस पृथ्वीमा अवतार लिनु भएको प्रसङ्ग पुराणहरुमा पाईन्छ । सबै अवतारहरुलाई बिराटपुरुषका फरक फरक रुप बताईएको छ । वराहपुराणमा भगवान् विष्णुका चौबीस अवतारहरुको वर्णन गरिएको छ । यी मध्ये मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारलाई मुख्य दश अवतार मानिन्छ । भगवान् विष्णुले सत्ययुगमा मत्स्य, कुम, वराह र नृसिंह अवतार, त्रेता युगमा वामन, परशुराम र राम अवतार, द्वापर युगको अन्त्यतिर कृष्ण अवतार र कलियुगमा भगवान् विष्णुले बुद्ध अवतार लिनु भएको चर्चा  वराह पुराणमा गरिएको छ । भगवान् विष्णुका यी अवतारहरु विशेष उद्देश्यले भएका छन् । सृष्टिको प्रारम्भमा जब वेदहरुलाई राक्षसगणले अपहरण गरी समुद्रमा लगेर लुकाएका थिए तब भगवान् विष्णुले मत्स्य अवतार लिई वेदहरूको रक्षा गर्नु भएको थियो । वेदहरु भगवानबाट उत्पत्ति भएका प्राचीन प्राकृत ज्ञानका भण्डार हुन् । वेदहरुलाई श्रुतिज्ञान पनि भनिन्छ । वेद र पुराणहरु र महाभारतलाई र्सवप्रथम सस्कृतभाषामा लिपिबद्ध गर्ने काम आजभन्दा करीव ५००० वर्षपहिले पाराशर ऋषि र सत्यावती (मत्स्यगंधा) बाट हस्तिनापुरको यमुना नदीको तटमा जन्मनु भएका वेदव्यासले गर्नु भएको हो । भगवान् विष्णुले, देवता र दानवहरु मिली समुद्र मन्थन गर्दा कछुवाको अवतार लिई मदानी बनाईएको बिन्दाचलपर्वतलाई आफ्नो शरीरमा धारणगरी देवगणहरुलाई अमृतपान गराउनु भएको थियो । यसैगरी हिरणाक्ष नामक राक्षसबाट रसातलमा पुर्याईएकी पृथ्वीलाई उद्धार गर्न विष्णु भगवान्ले वराह अवतार लिनु भएको थियो । हिरण्यकश्यपबाट भक्त प्रहृलाको रक्षा गर्न भगवानले नृसिंह अवतार लिनु भएको वर्णन पुराणहरुले गरेका छन् । यसैगरी भगवान् विष्णुले वलिराजा र रावणको घमण्ड नष्ट गर्न क्रमशः वामन तथा राम अवतार लिनु भएको थियो भने असुरहरुबाट ब्राहृमण र देवगणको रक्षागर्न परशुराम अवतार लिनु भएको थियो ।

द्वापरयुगमा धर्मको रक्षागरी कर्मयोग, ज्ञानयोग र भक्तियोगको शिक्षा दिन विष्णुले कृष्ण भगवान्को रूपमा अवतार लिनु भयो । भगवान् श्रीकृष्णले श्रीमद्भागवतगीतामा दिनु भएको उपदेश र शिक्षा सम्पूर्ण मानवकोलागि कल्याणकारी छ । यस्तै हत्या, हिंसाको मार्ग परीत्याग गरी अहिंसाको मार्ग अपनाउन तथा चार आर्य सत्यको ज्ञानद्वारा तत्वज्ञान प्रदान गर्न भगवान् विष्णुले नेपालको लुम्विनी अञ्चलको रुपन्देही जिल्लाको लुम्विनी भन्ने स्थानमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट र्इशापूर्व ५६३ मा सिर्द्धार्थ गौतमको रुपमा जन्मी पछि वुद्धत्व प्राप्त गरी भगवान् वुद्धको नामबाट प्रख्यात हुनु भयो । उहाँको नामबाट नै वुर्द्धधर्म विश्वभर फैलिएको छ । हाल विश्वका करीव ६.७७ प्रतिशत जनताले वुद्ध धर्म अनुशरण गरिरहेका छन् । भविष्यमा भगवान् विष्णुले कल्की अवतार लिन वाँकी नै छ ।

. ब्रह्माजीको उत्पत्ति            

श्रीमद्भागवत महापुराणका  अनुसार वर्तमान कल्पको प्रारम्भमा यो पृथ्वी अन्धकारमय जलमा डुबेको थियो । पूर्वकल्पको अन्त्यपछि भगवान् श्रीहरि विष्णु सृष्टि रचनाबाट विश्राम लिएर विशाल जलाशयमा शेषशैयामा शयन गर्नु भएको थियो । सृष्टिको प्रत्येक कल्पको प्रारम्भमा भगवान् श्रीहरि विष्णु जलमा शयन गर्नुहुन्छ तर्सथ उहाँलाई नारायण पनि भनिन्छ । श्रीहरि विष्णु शेषशैयामा शयन गर्ने समयलाई अहोरात्र भनिन्छ । अहोरात्रमा सृष्टि सम्बन्धी कुनै कार्य हुदैन । अहोरात्रको समयमा भगवान् विष्णुले आफुले पूर्व कल्पका रचना गरेका सबै सृष्टिलाई आफैमा समाहित गरेर विशाल जलाशयमा शेषनागमाथि शयन गर्नु भएको हुन्छ । तात्कालीन समयमा उहाँ र समयचक्र बाहेक अरू केही हुँदैन, चराचर जगत शुन्य हुन्छ । यही समयचक्रले अहोरात्रको समय सकिएपछि भगवान् श्रीहरि विष्णुलाई योगनिन्द्राबाट व्युताउँदछ । भगवान् श्रीहरि विष्णु ब्युँतेपछि उहाँको नाभिबाट कमलको फूल उत्पन्न हुन्छ र सो फूलमा श्रीहरि विष्णुले ब्रह्माजीलाई स्थापित गर्राई सृष्टि आरम्भ गर्न आज्ञा दिनुहुन्छ । यसप्रकार ब्रह्माजीको उत्पत्ति क्षिरसागरमा विष्णुको नाभिबाट उत्पत्ति भएको कमलको फूलमाथि भएको थियो भनी पूर्वीय दर्शनले बताएको छ ।

                

भगवान् श्री हरि विष्णु
                             

 

.कूलदेवता अर्थात् भगवान् वराहको उत्पत्ति

वराहपुराण अनुसार भगवान् विष्णुको आज्ञा अनुसार ब्रह्माजीले सृष्टि आरम्भ गर्दा चारैतिर जलामय देख्नु भयो । पृथ्वीको अभावमा सृष्टि आरम्भ गर्न असम्भवदेखी ब्रह्माजीले पुनः श्रीहरि विष्णुको आराधना गर्नु भयो । भगवान् विष्णुले पनि पृथ्वीलाई कतै नदेखेपछि दृष्टिगोचर गर्दा हिरण्यकश्यपको भाई हिरणाक्ष नामक राक्षसले पृथ्वीलाई अपहरण गरी जलभित्र रसातलमा लगेर लुकाई राखेको थाहा पाउनु भयो । सृष्टि संचालन गर्न पृथ्वीको आवश्यकता महसुस गरी भगवान् विष्णुले पृथ्वीको उद्धार गर्न ब्रह्माजीको नाकबाट सुक्ष्म रुपमा वराह अवतार लिनु भयो । भगवान् वराहको सुक्ष्म रुप जन्मनासाथ विशालकाय बन्यो र हिरणाक्ष राक्षससंग धेरै बर्षम्म युद्धगरी राक्षसलाई मारी पृथ्वीलाई आफ्नो ढाडमा  राखी थुतुनाले उचाली रसातलबाट बाहिर निकाली उद्धार गर्नु भयो । यीनै वराह भगवान् नै सबै हिन्दूहरुका कूलदेवता हुनुहुन्छ । वर्तमान कल्प नै उहाँको नामबाट रहेको छ । अहिलेको कल्पलाई  श्वेतवराह कल्प भनिन्छ । यो कल्प शुरु भएको करिव एक अरब सन्तानब्बे करोड उनन्तीस लाख उनन्पचास हजार एकसय पन्ध्रबर्षभएको अनुमान गरिएको छ । हामीले दुई वा तीनबर्षमा आफ्नो परम्परा अनुसार सगोत्रीय बन्धुबान्धवहरू एक ठाउँमा भेला भै यीनै वराह भगवानलाई कूलदेवताको रुपमा पूजा गर्ने  गर्दछौं । कूलपूजाको बिशेष महत्व छ । आफ्नो पूर्वजहरुप्रति श्रद्धा, भक्ति प्रकट गरी उनीहरुले देखाएको सत्मार्गको अनुशरण गर्दै आफू र आफ्नो सन्ततिहरुको सुख,शान्ति र समृद्धिकोलागि शास्त्रीयविधि अनुसार गरिने पूजा नै कूलपूजा हो ।


(बराह भगवान् -कूलदेवता)
 

 

. ब्रह्माजीको प्रारम्भिक सृष्टि

पुराणहरूले सृष्टिको प्रारम्भ शुन्यताबाट भएको बताएका छन् । र्सवप्रथम शुन्यबाट शब्द, शब्दबाट आकाश, आकाशबाट वायु, वायुबाट तेज, तेजबाट जल र जलबाट सृष्टि आरम्भ भएको बताईएको छ । श्रीमद्भागवतका अनुसार क्षिरसागरमा शेषनागमाथि सुतेका भगवान् नारायणको नाभिबाट उत्पन्न कमलको फूलमा बसेका ब्रह्माजीले भगवान् बराहले पृथ्वीको उद्धार गरेपछि श्रीहरि विष्णुको आज्ञानुसार सृष्टि आरम्भ गर्नु भयो । ब्रह्माजीले र्सबप्रथम क्षिरसागरको चारै दिशामा नजर लगाउनु भयो, परिणाम स्वरूप ब्रह्माजीका चारमुख भए । सृष्टिको क्रममा ब्रह्माजीका मुखबाट र्सवप्रथम विद्याकि अधिष्ठात्री देवी सरस्वती, पाँचवेद-ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद र पुराण तथा इतिहास, चार उपवेद- आयुर्वेद, धनुर्वेद, गान्धर्वेद र स्थापत्यवेद आदि उत्पत्ति  भए । सृष्टि रचना गर्न आतुर रजगुण युक्त ब्रह्माले बेद, उपवेद उत्पत्ति गरेपछि आफ्नो बचन शक्तिबाट र्सवप्रथम सनक, सनन्दन, सनातन र सनत्कुमार चारपुत्र उत्पन्न गरी यी मुनीहरुलाई सृष्टि गर्न आज्ञा दिनु भयो । परन्तु यी मुनिहरु जन्मदेखि नै सृष्टितर्फनलागी मोक्षमार्गतर्फलागे । सृष्टि विस्तार गर्ने उद्देश्यले आफुद्वारा उत्पन्न गरेका पुत्रहरुले आफ्नो आज्ञा उलङ्घन गरेको देख्दा ब्रह्माजीलाई अचानक क्रोध उत्पन्न  भयो । क्रोधलाई नियन्त्रण गर्न नसकेपछि उहाँको ललाटबाट तत्काल निलो र रातो वर्ण भएको प्रचण्ड ज्योति उत्पन्न भयो । ब्रह्माजीको क्रोधको कारण उक्त ज्योतिबाट अर्धनारीश्वर बालकको उत्पन्न भयो । उक्त बालकले जन्मनासाथ रूदै आफ्नो नाम बताईदिन आग्रह गरेपछि ब्रह्माजीले सो वालकको नाम रूद्र राखिदिनु भयो ।

.देवगण र ऋषिहरुको उत्पत्ति

ब्रह्माजीद्वारा उत्पन्न भगवान् रूद्रको अर्धनारीश्वर शरिरको पुरूष स्वरुपबाट मन्य, मनु, महिनस, मआन, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत नामक रुद्रहरू तथा नारी स्वरुपबाट धी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, ईला, अम्बिका, इरावति, सूधा र दीक्षा नामक रुद्रीणीहरू  उत्पन्न  भए जसलाई हामी एघार रुद्रीको रूपमा पुजा गर्दछौं । यसपछि ब्रह्याजीले सृष्टि सञ्चालन गर्न आफ्नो मनबाट मरीचि, आँखाबाट अत्रि, मुखबाट अंगिरा, कानबाट पुलत्स्य, नाभिबाट पुलह, हातबाट क्रतु, छालाबाट भृगु, प्राणबाट वशिष्ठ, औलाबाट दक्ष प्रजापति, छायाँबाट कर्न्दर्भ, कोखबाट नारद आदि दश पुत्रहरु उत्पन्न गर्नु भयो । सृष्टि विस्तारका लागि शक्तिशाली ऋषिमुनिहरु, रुद्रादि देवताहरु उत्पन्न  गर्दा पनि अपेक्षाकृत रुपमा सृष्टि विस्तार हुन सकेन । यसपछि ब्रह्माजीले पुनः सङ्कल्प गरी मैथुनि क्रियाबाट सृष्टि विस्तार गर्न आफ्नो शरिरबाट एक पुरूष र एक कन्या उत्पन्न गर्नु भयो जसको नाम स्वयम्भुव मनु र शतरुपा राखियो । ब्रह्माजीले आफुले उत्पन्न गरेका सबै देवगण तथा देवी र वनस्पति जगतलाई वंश विस्तारकोलागि विशेष रजगुण प्रदान गरी आफ्नो वंश विस्तार गर्न आदेश दिनु भयो । परिणाम स्वरुप रजवीर्यको अन्तरक्रियाबाट सालनाल सहित, अण्डा र पसिनाको माध्यमबाट मानव तथा जीवहरुको उत्पत्ति र विकास हुन थाल्यो । जमीनबाट उत्पत्ति हुने वनस्पति जगत पनि रजगुणको माध्यमबाट नै विकास र विस्तार हुन थाल्यो । यसप्रकार पूर्वीय दर्शनले मानव समाजको सृष्टिको शुरुवात ब्रह्माजीबाट भएको बताएको छ ।

 

. मनुका सन्ततिद्वारा सन्तानोत्पत्ति र सृष्टि विस्तार

ब्रह्माजीबाट उत्पन्न स्वयम्भुव मनु र उनको श्रीमति शतरुपाबाट मैथुनि क्रियाबाट प्रियव्रत र उत्तानपाद नामक दुई छोरा तथा आकृति, देवहुति र प्रसुति नामक तीन कन्याहरुको जन्म भयो । उत्तानपादको विवाह सुनीति र सुरुचीसंग भयो । सुनीतिबाट ध्रुब र सुरुचीबाट उत्तम नामक पुत्र उत्पन्न  भए । प्रियब्रतको विवाह विश्वकर्माकी छोरी बहिष्मतिसंग भयो । प्रियब्रतबाट सम्राट र कूक्षि नामक दुई कन्या तथा आग्नीध्र, इध्मजिन्ह, यज्ञबाहु, महावीर, हिरण्यरेता, घृतपृष्ठ, सवन, मेधातिथि, वीहिहोत्र र कवि नामक दशपुत्र जन्मे । यी मध्ये कवि, महावीर र सवन योग पारायण र पुनर्जन्म सम्बन्धी वृतान्त जान्ने ठूला ज्ञानी ब्रह्मचारी महापुरूष बने । वाँकी सात छोराहरुलाई प्रियब्रतले सातद्वीप जम्बु, शाल्मल, लक्ष्य, शाक, पुष्कर, सवन र कुश बाडिदिए । यस अतिरिक्त प्रियब्रतका उत्तम, तामस र रैवत नामक छोराहरु पनि जन्मेका थिए । प्रियब्रतले छोरी उर्जस्वतिको विवाह भृगु ऋषिसंग गरिदिएका थिए । भृगु श्रृषिको अर्को विवाह हिरण्यकशिपुकी छोरी दीव्यासंग पनि भएको थियो । दीव्याबाट शुक्राचार्यको जन्म भयो । शुक्राचार्यबाट देवयानीको जन्मभयो । देवयानीको विवाह ययातिसंग भएको थियो । मनुले छोरी आकृतिको विवाह रूचि प्रजापतिसँग, देवहुतिको विवाह कर्दमजी र प्रसुतिको विवाह दक्ष प्रजापतिसँग गरिदिए । आकृतिबाट यज्ञ र दक्षिणा तथा देवहुतिबाट कपिलदेवको जन्म भएको थियो ।

१०. दक्ष प्रजापतिका छोरीहरुसंग ऋषिगणहरुको विवाह

विभिन्न पुराणहरूमा दक्षप्रजापतिका पत्नी र छोरीहरुको संख्या फरक फरक बताईएको छ । दक्ष प्रजापतिले आफ्ना कन्याहरु मध्ये सत्र कन्याहरुको विवाह मरीचिका मानस पुत्र कश्यप ऋषिसंग गरिदिएका थिए । कश्यप ऋषिकि पत्नी अदितिबाट आदित्य अर्थात् देवगण, दीतिबाट दैत्य, दनुबाट दानव, काष्ठाबाट घोडाहरु, अनिष्ठाबाट गन्धर्व, सुरसाबाट राक्षस, इलाबाट वृक्ष, मुनिबाट अप्सरागण, क्रोधवधाबाट सर्प, सूरभिबाट गाई र भैसी, सरभाबाट हिंसकपशुहरु, ताम्राबाट कुकुरहरु, तिमीबाट जलचरप्राणीहरु, वीमिताबाट गरुण र अरुण, कद्रुबाट नाग, पतंगिबाट पंक्षिगण, यमिनिबाट शलभ आदिको जन्म भएको बताईएको छ । यसैगरी दक्ष प्रजापति र उनको श्रीमति प्रसुतिबाट चौबीस कन्याहरूको जन्मेका थिए । दक्ष प्रजापतिले यी मध्ये तेह्र कन्याहरू श्रद्धा, लक्ष्मी, पूष्टि, धृति, तूष्टि, मेघा, क्रीया, बुद्धि, लज्जा, वपु, शान्ति, रीद्धि र कीर्तिको विवाह धर्मसंग गरीदिएका थिए । दक्ष प्रजापतिले छोरी सतिदेवीको विवाह भगवान् शिवसंग गरिदिएका थिए । सतिदेवी र शिवजीको विवाहको  प्रसङ्ग श्रीस्वस्थानी ब्रतकथामा पनि पाईन्छ । यो कथा हामीले परम्परादेखि श्रवण र वाचन गर्दै आएका छौं । यसैगरी दक्षकन्या ख्यातिको विवाह भृगुसंग, सम्भूतिको विवाह मरीचिसंग, स्मृतिको विवाह अंगिरासंग, प्रीतिको विवाह पुलत्स्यसंग, क्षमाको विवाह पुलहसंग, कृतिको विवाह सन्नतिसंग, अनसुयाको विवाह अत्रिसंग, उर्जाको विवाह बशिष्ठसंग, स्वाहाको विवाह अग्निसंग तथा स्वधाको विवाह पितृसंग भएको थियो भनी पुराणहरुले बताएका छन् ।

 

११. देवकन्याहरुसंग सप्तऋृषिको विवाह

स्वयम्भूव मनुबाट जन्मेकी देवहुतिबाट नौ कन्याहरु जन्मेका थिए । यी कन्याहरुको विवाह पनि सप्तऋषिसंग भएको थियो । कर्दमऋषिले देवहुतीबाट जन्मेकी कलाको विवाह मरीचिसंग, अनसूयाको विवाह अत्रीसंग, श्रद्धाको अंगिरासंग, हवीको पुलत्स्यसंग, गतीको पुलहसंग, कृपाको क्रतुसंग, अरुन्धतीको बशिष्ठसंग र शान्तीको विवाह अथर्वगणसंग गरिदिएका थिए । धेरै देवगण र राक्षसगण एउटै पिता कश्यप ऋषिबाट जन्मेको प्रसङ्ग पुराणहरुमा उल्लेख छ । कश्यप ऋषिलाई प्राणी जगतको पिता पनि भनिन्छ । कश्यपऋषिकी पत्नी अदीतिलाई देवगणकी आमा र दीतिलाई दैत्यको आमाको रुपमा चिनिन्छ । यसैगरी शुक्रचार्यलाई दैत्य र वृहस्पतिलाई देवताका गुरु मानिन्छ । यसप्रकार  मनु र दक्ष प्रजापतिका कन्याहरुबाट नै सबै जातिको वंश विस्तार भएको वर्नण पुराणहरुमा गरिएको छ । ब्रह्माजीबाट उत्पत्ति भएका स्वयंभुव मनु र उनको श्रीमति शतरुपाबाट जन्मेका  प्रियव्रत र उत्तानपाद नामक दुई छोरा तथा आकृति, देवहुति र प्रसुति नामक तीन कन्याहरु र यी कन्याहरुबाट उत्पन्न सन्ततिहरु नै हामी मानव जातिका धेरै पहिलेका प्रथम पुर्खाहरु हुन् । पूर्वकालमा यीनै तीनकन्याहरुका सन्ततिबाट यो संसार ढाकिएको वर्णन श्रीमद्भागवत पुराणमा पाईन्छ । यो विशाल वंशको इतिवृति विस्तार पूर्वक यहाँ उल्लेख गर्न सम्भव छैन । मानव जातिका प्रथम युगका प्राचीन पूर्वजहरूको छोटो जानकारी गराउने उद्देश्यले मात्र यो प्रसङ्ग उल्लेख गरिएको हो ।

१२.ऋषिहरूको प्रसङ्ग

सनातन धर्मले पूर्वीय दर्शनमा विश्वास राख्दछ । पूर्वीय दर्शन पाश्चात्य दर्शनभन्दा धेरै प्राचीन, उच्च, गहन, ज्ञानवर्द्धक र लोक कल्याणकारी छ । प्रत्येक मन्वन्तरमा विशेष किसिमका पूर्वज पुरुषहरु हुन्छन् जसलाई सप्तऋषि भनिन्छ । मन्वन्तरैपिच्छे सप्तऋषि पनि अलग अलग नामका हुन्छन् । वर्तमान मन्वन्तरका सप्तऋषिहरु विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप हुन् । ऋषिमुनिहरुले लोककल्याणका लागि आफ्नो र्सवस्व परित्याग गरी योग, जप, तप र साधनागरी तत्वज्ञान प्राप्त गरेका थिए । उनीहरु भूत, वर्तमान र भविष्यका ज्ञाता थिए । उनीहरुमा वचन, स्मरण र मन्त्रशक्ति थियो । तत्वज्ञानद्वारा उनीहरुले पूर्ण परमात्मासंग साक्षात्कार समेत गर्दथे । सप्तऋषि र ती सँग सम्बद्ध ऋषिहरुको नामबाट नै गोत्रहरु सञ्चालन भएका छन् । तर्सथ ऋषिहरु मनुष्य जातीका पूर्वज पुरुष अर्थात् प्रथम भिन्न गोत्रका पुर्खा हुन् । वैदिककालका ऋषिमध्ये विश्वामित्र निकै ठूला ऋषि थिए । विश्वामित्र ऋषिको नाम वेद, पुराण र रामायणमा यत्रतत्र पाईन्छ । विश्वामित्र ऋषि धनञ्जय गोत्रका प्रवर ऋषि समेत भएको हुँदा अब एकछिन उनको जन्म र उनका पूर्वजहरुको बारेमा संक्षेपमा चर्चा गरौं ।

१३. विश्वामित्र ऋषिको जन्म सम्बन्धी प्रसङ्ग

विश्वामित्र ऋषिको जन्म सम्वन्धी प्रसङ्ग यस्तो छ - विश्वामित्र ऋषि क्षेत्रीय राजवंशमा जन्मेका थिए । यीनका पिताको नाम गाधि र माताको नाम पौरूकुत्सी थियो । विश्वामित्रकी दिदी गाधिपुत्री सत्यवती र भिनाजु भृगुवंशी विद्धान् ऋषि ऋचीक थिए । विश्वामित्रका पिता गाधिले पुत्र प्राप्तिको निमित्त आफ्ना ज्वाई ऋचीक ऋषिको आचार्यत्वमा एक यज्ञ गरेका थिए । विश्वामित्रकी दिदी सत्यावती पनि आफ्ना पति समान सुयोग्य पुत्रको चाहना लिएर त्यस यज्ञमा विधि पूर्वक सरिक भएकी थिईन् यज्ञ सम्पन्नभएपछि विधिपूर्वक चरु खाएपछि गर्भ रहन्थ्यो । आमा पौरुकुत्सीको स्वार्थबस आमाछोरी मिलेर यज्ञको प्रसाद चरु साटासाट गरेर खाए । क्षेत्रीय राजा गाधिले क्षेत्रीयोचित गुण गरिमाले युक्त पुत्रको अपेक्षा गरेका थिए । उमेर अलि र्घर्किसकेका ऋषि ऋचीककी पत्नी सत्यावतीले अभिष्ट ब्रह्मज्ञानी  विद्धान ऋषिको चाहना राखेकी थिईन् । चरु साटासाट गरी खाएपछि त्यसको परिणाम ठीक उल्टो भयो । पौरुकुत्सीको गर्भबाट ब्राहृमण स्वभाव भएका विश्वरथ नामक शिशुको जन्म भयो,जो पछि गएर विश्वामित्र ऋषिको नामबाट प्रशिद्ध भए ।

. विश्वामित्रऋषिबाट शकुन्तलाको जन्म र अन्तरिक्षमा सप्तऋषिको र्स्वर्ग मण्डल निर्माण

विश्वामित्र र बशिष्ठ ऋषि बीच कामधेनु (नन्दिनी) नाम गरेकी गाईको बिषयलाई लिएर ठूलो युद्ध भएको थियो । उक्त युद्धमा पराजित भएपछि विश्वामित्र राजकाज छाडी ब्रह्मशक्ति प्राप्त गर्न कठोर तपस्या गर्न थाले । उनको कठीन तपस्याबाट र्स्वर्गका राजा इन्द्र लगायत अन्य देवगणमा खल्वली मच्चिन थाल्यो । र्स्वर्गलोकबाट इन्द्रले मेनका नामक अप्सरा पर्ठाई विश्वामित्रको तपस्या भङ्ग गर्न लगाए । ठूलो प्रयासपछि मेनका तपस्या भङ्ग गराउन सफल भईन् । मेनका (अप्सरा) र विश्वामित्रबाट शकुन्तला नामक कन्याको जन्म भयो । शकुन्तलाको जन्मपछि मेनका आफ्नो नवजात वालिका शकुन्तलालाई वनमा एक्लै छाडी  र्स्वर्गलोक तर्फलागिन् भने विश्वामित्रले पुनः हजारौ वर्षम्म तपस्या गरे । वनमा घुम्दा कण्व ऋषिले नवजात वालिका शकुन्तलालाई फेलापारी आफ्नोे आश्रममा ल्याई पालन पोषण गरी दुष्यन्त राजासंग विवाह गरिदिए, यिनबाट भरत नाम गरेका राजकुमारको जन्म भयो । यीनै भरत राजाका नामबाट हिन्दूस्थानको नाम भारत रहन गएको हो । भरत राजाको वंशमा पाण्डव र कौरवहरुको जन्म भएको वंश परम्परा पाईन्छ । कठीन तपस्याको बलमा अन्ततः विश्वामित्रले ब्रह्मणत्व प्राप्तगरी ब्रह्मषिर् ब्ान्न सफल भए । एकपटक विश्वामित्रले त्रिबन्धनको छोरा राजा सत्यब्रतलाई -त्रीशङ्कु) सशरीर र्स्वर्गलोकमा पठाएका थिए । र्स्वर्गका राजा इन्द्रले आफ्ना गुरुद्वारा चण्डालको श्राप पाएका त्रीशङ्कुलाई सशरीर र्स्वर्गमा आएको देखी उनलाई त्यहाँबाट धकेलिदिए । त्रीशङ्कु आफ्नो टाउको तलपारी र्स्वर्गबाट पृथ्वीतर्फ  गिर्न थाले । त्रीशङ्कुले आफ्नो बचाउ गर्न विश्वामित्रलाई प्रार्थना गर्न थाले ।ब्रह्मर्षि विश्वामित्रले त्रीशङ्कुलाई आफ्नो तपोवलको शक्तिद्वारा अन्तरिक्षमा नै रोकी त्रीशङ्कु र सप्तऋषिको लागि छुट्टै स्वर्गलोक बनाए । उनले अन्तरिक्षमा स्थापना गरेको सप्तऋषिको र्स्वर्ग मण्डल (तारा मण्डल) अहिले पनि हामी रातको समयमा आकासगंगामा देख्न सक्दछौ । श्रीमद्भागवतको नवम स्कन्धमा उक्त प्रसङ्ग उल्लेख गरिएको छ ।

. विश्वामित्र ऋषिका पूर्वजहरु तथा गोत्रगणहरु

विश्वामित्र ऋषिका पूर्वजहरुको इतिहास पुराणहरुमा विस्तृत रुपमा लेखिएको छ । उनका पुर्खाहरुको नाम यसप्रकार बताईएको छ - स्वयम्भुव मनु र शतरुपा रानीबाट जन्मेकी देवहुतिको विवाह कर्दम ऋषिसंग भएको थियो । देवहुतिबाट कपिलदेव ऋषि र कला, अनसूया, श्रद्धा, हवी, गती, कृपा, ख्याती, अरुन्धती र शान्ती गरी नौ कन्याहरुको जन्म भएको थियो । कर्दम ऋषिले यी कन्याहरूको विवाह क्रमशः मरिचि, अत्रि, अंगिरा, पुलस्य, पुलह,क्रतु भृगु, वशिष्ठ र अथर्वण नामक ऋषिहरुसंग गरिदिएका थिए । अत्रि ऋषिबाट चन्द्रमा, चन्द्रमाबाट बुध, बुधबाट पुरुरवा, पुरुरवाबाट विजय, विजयबाट भीम, भीमबाट काञ्चन, काञ्चनबाट होत्र, होत्रबाट जन्हु, जन्हुबाट पुरु, पुरुबाट वलाक, वलाकबाट अजक, अजकबाट कुश, कुशबाट कुशाम्बु, कुशाम्बुबाट गाधि, गाधिबाट विश्वामित्रको जन्म भएको बताईएको छ । विश्वामित्र ठूला गोत्रीय ऋषि हुन् । विश्वामित्र प्रवरकाण्डमा धेरै गोत्रकाऋषिहरु रहेका छन्, यीनलाई दश गोत्रगणभित्र समेटिएको छ । यस काण्डमा कुशिक, रोहित, रौक्ष, कामकायन, अज, अघमर्षा, पूरण, इन्द्रकौशिक, धनञ्जय र कत गोत्रगण रहेका छन् ।

 

.विश्वामित्रऋषिका पुत्रहरु तथा धनञ्जय गोत्र अन्तरगतका थरहरु

क्षेत्रीयकूलमा जन्मी ब्रह्मर्षि बन्न पुगेका विश्वामित्रका रेणु, सालवति र माधवी नामक श्रीमतिहरुबाट रेणुमान, सङ्कृति र मुद्गल गरी एकसय छोराहरु जन्मिएका थिए । यिनले वरण गरेका जेठा छोराको नाम मधुच्छन्दासः हो । यिनलाई मधुच्छन्दा पनि भनिन्छ । ऋग्वेदको पहिलो मन्त्रद्रष्टा नै मधुच्छन्दा हुन् मरासिनी थरमा दुईवटा गोत्र छन् -कौडिल्य र धनञ्जय । कौडिल्य गोत्र अन्तर्गत प्याकुरेल आचार्य, सापकोटा, सत्याल, पराजुली, बास्कोटा, मरासिनी(स्याङ्जाका), त्रिताल, न्यौपाने, वाग्ले थापा,खप्तडी खड्का, कालीकोटे खड्का, पनेरु, हमाल, लंजेर, आचार्य आदि पर्दछन् ।

गुल्मी, अर्घाखाँची पाल्पा, प्युठान र वाग्लुङ् तथा ती स्थानबाट बर्साई सर्राई गरी तर्राई र काठमाण्डौं लगायतका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका मरासिनीहरु धनञ्जय ऋषिका सन्ततीहरू हुन् । धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी -भुसाल), बस्याल, बस्नेत, खुलाल बुढाथोकी, गुरागाँई, खुलाल थापा, वयल, बुडथापा -कुँवर), बखरेल, पंगेनी, धमला (धमौली), ढाँट, डुम्रे, घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जयगोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् । धनञ्जय गोत्रीय मरासिनीहरुले प्राचीन पूर्खाको इतिहास खोज्दा रिजालहरूलाई बिर्सनु हुँदैन । धनञ्जय गोत्रीय रिजालहरुको इतिहास सो गोत्रका मरासिनीहरुको पनि इतिहास हो । धनञ्जय गोत्रीय रिजालहरु नेपाल र भारतको विभिन्न भागमा फैलिएर बसेका छन् । वर्तमान समयसम्म यस वंशमा कति पुस्ता बिते सो को पूर्ण अभिलेख फेला पार्न सकिएको छैन ।

१४.धनञ्जय मरासिनीका मूल पुरूष

पौराणिक कालपछि वंशावली सम्वन्धी इतिहास लेख्ने प्रचलन धेरैपछि मात्र शुरु भयो ।  वर्तमान वैवस्वत मनुका पौराणिक कालपछिका सबै सन्ततिहरुको अभिलेख प्राप्त गर्न सकिएको छैन । तर्सथ शुरुदेखि अहिलेसम्मको अद्यावधिक वंशावली कसैको पनि छैन । उपलब्ध इतिहास, अभिलेख, अनुसन्धान र किम्बदन्तिको आधारमा वर्तमान समयमा अधिकांश थरका विद्धानहरुबाट आ- आफ्नो वंश परम्पराको पहिचान गर्न वंशावली लेख्ने कार्य भएको छ ।

अर्घाखाँची  जिल्लामा आई बसोबास गरेका धनञ्जय गोत्रीय मरासिनीका मूल पुरूष को थिए भन्ने सर्न्दर्भमा डा. स्वामी प्रपन्नाचार्यले "मिल्केका झिल्का" नामक पुस्तकमा हेमन्तु रिजाललाई मूल पुरूष बताउनु भएको छ । उहाँका अनुसार हेमन्तुका चारभाई छोराहरू रामचन्द्र, फर्सुराम, एकदेव र कान्तु थिए । हालसम्मको खोज एवं अनुसन्धानबाट अर्घाखाँची  जिल्लाको हंसपुर गाउँ विकास समिति अर्न्तर्गत पर्ने बामरूक भन्ने स्थानमा आई बसोवास गरेका हेमन्तु लाई नै धनञ्जय मरासिनीका मूल पुरूष भएको अनुमान गरिएको छ । हेमन्तुभन्दा पूर्व बामरूक वा अर्घाखाँचीमा  कुनै मरासिनी थिए - थिएनन् - भन्ने जानकारी र अभिलेख हालसम्म प्राप्त गर्न सकिएको छैन । यो थप अनुसन्धानको बिषय बनेको छ । हेमन्तुका जेठा छोरा रामचन्द्रका सन्ततीहरु बामरूक, अर्घाखाँचीको खिदिम र किमडाडामा बसोवास गर्नु भएको छ तर उनका माईला छोरा फर्शु, र्साईला छोरा एकदेव र कान्छा छोरा कान्तुको वंशवृक्ष हालसम्म पत्ता लगाउन सकिएको छैन । पाल्पा जिल्लाको गोखुङ्गा, अर्घाखाँची  जिल्लाको मरेङ्, भगवती र गुल्मी जिल्लाको ठूलाचेक्मी, भाडगाँउ, अर्खले तथा तम्घासमा बसोबास गरेका मरासिनीहरूका पूर्वज हेमन्तुका माईला,र्साईला तथा कान्छा छोराहरू क्रमशः फर्शु, एकदेव र कान्तुका सन्ततिहरू हुन् कि भन्ने अनुमान गरिएको छ । किनकि यीनका सन्ततीहरुको वंशवृक्ष वामरुक, खिदिम र प्युठानमा पाईदैन ।वामरुकबाट लगभग एकै समयमा खिदिम, गोखुङ्गा, ठूलाचेक्मी र तम्घासका मरासिनीका पूर्वजले  बर्साई सर्राई गरेको समय पनि मिल्दो जुल्दो देखिन्छ । तर्सथ गोखुङ्गा, ठूलाचेक्मी, भगवती, भाडगाँउ, अर्खले र तम्घास मरासिनीहरूका पूर्वज हेमन्तुका छोरा फर्शु, एकदेव र कान्तु भएको अनुमान सत्यताको धेरै नजिक छ तापनि यस बिषयमा थप अनुसन्धान आवश्यक छ ।

१५.श्री १००८ सन्त शशिधर स्वामी   

स्वामी प्रपन्नाचार्यका अनुसार वामरुकका हेमन्तु मरासिनीका चारभाई छोराहरू मध्ये जेठा छोरा रामचन्दबाट प्रथम पुत्रका रूपमा लालमणि, लालमणिबाट दिशै -दीक्षित) र दिशै बाट प्रथम रत्नको रूपमा सन्त श्री १००८ शशिधर स्वामीको जन्म विक्रम सम्वत् १७७० मा अर्घाखाँची जिल्लाको बामरुकमा भएको हो । "शशिधर स्वामी जोस्मणि सम्प्रदायका प्रवर्तक,सस्कृत भाषाका प्रकाण्ड विद्वान, वेद, धर्मशास्त्र र पुराणका ज्ञाता, महान दार्शनिक, गढवाली साहित्यका आदिकवि, ज्योतिमुनि- शिवस्वामी-भुरेबाबाका शिष्य, हठयोगी सिद्धिप्राप्त तान्त्रिक सन्त महापुरुष समेत हुनुहुन्थ्यो । सन्त श्री शशिधर स्वामीले विक्रम सम्वत् १८०१ तिर पश्चिम नेपालको महाकाली पारी पर्ने पौडी गढवालमा रहेको क्योँकालेश्वर मन्दिरको जीर्णोद्धार गरी त्यहाँ आफु र गुरुको लागि आश्रम समेत बनाउनु भएको थियो । पछि क्योंकालेश्वर मन्दिर भन्दामाथिको डाँडामा गुरु र आफ्नो लागि गुफा बनाइ केही समय उक्त गुफामा पनि बस्नु भएको थियो । सो स्थान आज पनि गुफाडाँडाको नामले प्रशिद्ध छ । शशिधर स्वामी वि.सं १८१० सम्म पौडी गडवालमा बस्नु भयो । पौडी गढवालमा शशिधर स्वामीले आफ्ना गुरु ज्योतिमुनीदासको नामबाट मुनी सम्प्रदाय र पौडी मठको स्थापना समेत गर्नु भएको थियो । त्यसपछि उहाँ चालीस बर्षो जवानी उमेरमा आफ्नो जन्मस्थल अर्घाखाँचीको  बामरुकमा फर्कनु भयो । जन्मभूमिमा फर्किदा शशिधर स्वामी झरझराउँदा सिद्ध योगी तथा विद्धान, प्रताप शाह र नरेन्द्रशाह जस्ता राजा महाराजाका गुरु समेत बनिसक्नु भएको थियो । बामरुक आएपछि उहाँले विवाह गर्नु भयो । विवाह पश्चात् उहाँ कहिल्यै पौडी गडवाल जानु भएन । बामरुक आएपछि स्वामीजी केही समय खन गुफामा बस्नु भयो, त्यही नै लक्ष्मीनारायणको जन्म भयो । खन गुफामा बस्दा उहाँले गुफा व्यवस्थापनको लागि गुठीको समेत व्यवस्था मिलाउनु भएको थियो । त्यसपछि उहाँ गुल्मी जिल्लाको रेसुङ्गामा गई कुटी बनाई बस्न थाल्नु भयो । शशिधर स्वामीजीले नेपालमा भन्दा भारतको गढवालमा निकै प्रशिद्धी पाउनु भएको छ । उहाँको जवानी अवस्थाको चित्र गढवाली चित्रकारले सजीव रुपमा सुनको पानीले उतारी पौडी मठमा बाकसभित्र सुरक्षित रुपमा राखिएको छ भन्ने कुरा डा. स्वामी प्रपन्नाचार्यले "मिल्केका झिल्का" नामक पुस्तकमा विस्तारपूर्वक लेख्नु भएको छ । रेसुङ्गाको चुचुरोमा शशिधर र उहाँका छोरा लक्ष्मीनारायणको समाधि स्थलको मठ अद्यापि छ ।




 
रेसुङ्गाको चुचुरोमा शशिधर स्वामी र उहाँका छोरा लक्ष्मीनारायणको समाधि स्थलमा निर्मित मठ

    

 

१६.धनञ्जय गोत्रका अग्रज व्यक्तिहरु

धनञ्जय गोत्रका अग्रज व्यक्ति मध्ये राजनीतिक क्षेत्रबाट विराटनगरका डा. नगेन्द्र प्रसाद रिजाल वि.सं. २०३० सालमा नेपालको प्रधानमन्त्री समेत बन्नु भएको थियो । आद्यात्मिक क्षेत्रमा महापुरुषको रुपमा अर्घाखाँचीको वामरुकमा श्री १००८ शशिधर स्वामी र उहाँबाट वाल ब्रह्मचारी प्रभु श्री लक्ष्मीनारायणको जन्म भएको थियो । त्यसैगरी खिदिममा जन्मिनु भएका महापण्डित दधिराम मरासिनी, धनञ्जय मरासिनी,पौराणिक विद्वान वामदेव पण्डित, तारानाथ मरासिनी र दण्डपाणि मरासिनी, किमडाँडामा जन्मनु  भएका धनञ्य मरासिनी तथा अर्घाखाँची कै मरेङ् आँपकाटेमा जन्मिनु भएका कर्मयोगी समाजसेवी खडानन्द मरासिनी आदिको धनञ्जय गोत्रीय मरासिनीको श्रीवृद्धिमा ठूलो योगदान रहेको छ ।

१७.गोत्राकार ऋषि र प्रवर ऋषि

गोत्र चलाउने प्रमुख ऋषिलाई गोत्राकार ऋषि भनिन्छ । वंश प्रवर्तक ऋषिमुनिका नामबाट चली आएको पुख्र्यौली चिनाउने उपनाम नै गोत्र हो । गोत्र चलाउने ऋषिपछि उक्त गोत्रलाई वरण गर्ने प्रमुख ऋषिलाई प्रवर ऋषि भनिन्छ । गोत्रकार ऋषिपछि सो गोत्रको वंश फैलाउने मुख्य ऋषि नै प्रवर हुन् । यस अर्थमा गोत्र भनेको ऋषिको खलक वा सन्तति हो । तर्सथ विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप यी सातऋषि र आठौं अगस्त्य ऋषिका जति सन्तति हुन् ती सबै गोत्र हुन् । यीनलाई गोत्रकार वा गोत्र प्रवर्तक ऋषि वा गोत्रऋषि भनेर चिनिन्छ । विश्वामित्र गोत्र प्रवरकाण्डमा दश गोत्रगण रहेको प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ । यहाँ गोत्रीय ऋषि र प्रवर ऋषिहरुको नामावली जानकारी गराउने प्रयास गरिएको छ । एउटा गोत्रमा एकदेखि पाँचसम्म प्रवर ऋषि रहेका छन् । तर्सथ प्रवर पनि १, , ३ र ५ रहेका छन् । ४ प्रवर छैन र ५ भन्दा बढी प्रवर हुँदैन । धनञ्जय गोत्रीय मरासिनीको प्रवर तीन रहेका छन् - विश्वामित्र, मधुच्छन्द र धनञ्जय । विभिन्न गोत्र र प्रवरहरूको प्रतिनिधित्व गर्ने पर्वर्तक ऋषिहरूको संख्या ४९ रहेको छ । यी गोत्र र प्रवरऋषिहरूको नाम निम्न छ -

                  . आत्रेय - आत्रेय, अर्चनानस, श्यावाश्वः । २. अत्रि -अत्रि, अर्चनानस, श्यावाश्वः । ३ .कौडिल्य-कौडिल्य, वशिष्ठ, मैत्रवरूणः । ४. काश्यप - काश्यप, आवत्सर, नैध्रुवः । ५. कौशिक - कौशिक, जामदग्न्य,आयम्यः ६. कौशिक-कौशिक,अघमर्षा, विश्वामित्रः । ७. कौशिक - कौशिक, देवरात, औदलः । ८. गौतम-गौतम,अङ्गरिस, उतत्थ्यः । ९. मौद्रगल्य - मौद्रगल्य, अंगिरस, भार्म्याश्वः । १०. वशिष्ठ - वशिष्ठ, इन्द्रप्रमदा, भरद्रसुः । ११. धनञ्जय -  विश्वामित्र, मधुच्छन्दसः, धनञ्जयः ।१२. गर्ग - गर्ग, गार्ग्यः, गौतम, विश्वामित्र, पाराशर्यः । १३. वत्स - भार्गव, च्यावन,आप्तवान्, और्वः ।  १४ कात्यायन - कात्यायन, विष्णु, अङ्गरिसः । १५. पराशर-वशिष्ठ, शक्ति, पराशरः । १६. काश्यप - काश्यप, वत्स, नैध्रुवः। १७. बृहस्पति- बृहस्पति, कपिल, पार्वणः । १८. अगस्ति - अगस्ति, जैमिनि, दधिचिः । १९. अगस्त्य - अगस्त्य, वशिष्ठ, बार्हस्पत्यः । २०. गौतम-अङ्गरिा, वशिष्ठ, बार्हस्पत्यः । २१. कान - अश्वत्य, देवत, देवसेनः । २२. भारद्वाज-भारद्वाज, अङ्गरिस, बार्हस्पत्यः । २३. मिहिल- मिहिल, असित, देवलः । २४. आत्रेय - आत्रेय, शातातपः साङ्ख्यः। २५. शाण्डिल्य-शाण्डिल्य, असित, देवलः । २६. सांकृत्य- सांकृत्य, वशिष्ठ, व्याहरः । २७. कृष्णात्रि-कृष्णात्रेय, आप्लावन, सारस्वतः । २८. शौनक - शौनक, वशिष्ठ, पाराशरः । २९. हारित - हारित, देवराज, विश्वामित्रः । ३०. कौडिन्य - कौडिन्य, अत्रि, कौशिकः । ३१. आलाबुक - सागस, गौतम, वशिष्ठः । ३२. विष्णुवृद्धि-विष्णुवृद्धि, कौवपुच्छः । ३३. उपमन्यु - बशिष्ठ, इन्द्रप्रमदा, भरद्वसुः । ३४. उपमन्य -उपमन्यु ,कपिल, विरूजः । ३५. कनवट- कनवट, अस्वस्त्थ, देवलः । ३६. कृष्णावसु - सव्य, व्ययन, सारस्वतः । ३७. शिशिहर - शिशिहर, कौशिक, जामदग्न्यः । ३८. वैयाघ्र- वैयाघ्र, सांकृति, माण्डव्यः । ३९. जमदग्नि-जमदग्नि, वशिष्ठ, और्वः । ४०. कपिल - कपिल, काञ्चन, विश्वामित्रः । ४१. अङ्गरिस-अङ्गरिस, बार्हस्पत्य, औदुम्बरः । ४२. मौनस -मौनस, वैतहव्य, सेनीः । ४३. गौतम-गौतम, अङ्गरिस, सौतथ्यः । ४४. वत्स - वत्स, और्व, च्यवन, भार्गव, जामदग्न्यः । ४५. मिहिर-मिहिरासन, वशिष्ठ, और्व, च्यवन, जामदग्न्यः । ४६. शांकटायन-शांकटायन, अङ्गरिस, अलभ, आथर्वण, वैशम्पायनः । ४७. सावर्ण – सावर्ण ,और्व, च्यावन, जामदग्न्य, आप्तवान्ः । ४८. गर्ग - गार्ग्य, घृतकौशिल, माण्डव्य, अथर्व, वैशम्पायनः  ४९. विश्वामित्र-विश्वामित्र, मरीचि, कौशिकः ।

 

 

 

 

 

 

१८. हिन्दू धर्म सम्बन्धी सङ्क्षिप्त प्रसङ्ग

. धर्मको परिभाषा

मानव सभ्यता र संस्कृतिको विकासको साथसाथै धर्मको अर्थ एवं परिभाषा पनि समाज र व्यक्ति अनुसार फरक फरक पाईन्छ । सामान्यतया धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास, त्यस्ता शक्तिसंग गरिने नैतिक आचरण, व्यवहार, मूल्य, मान्यता, आस्था एवं विश्वास भन्ने बुझिन्छ । हिन्दू धर्मशास्त्रका ज्ञाताहरुले बृहत् अर्थमा धर्मलाई ब्रह्माण्डका अधिपति पूर्ण परमात्मासंग मानव सम्बन्ध स्थापना गराउने पवित्र ज्ञानको रुपमा ब्याख्या गरेका छन् । कतिपयले धर्मलाई जीव र मानवको स्वभाविक गुण पनि मानेका छन् । कसैले धर्मलाई नैतिक मूल्य र आचरणको रुपमा व्याख्या गरेका छन् भने कसैले अनुष्ठान र चेतना शुद्धिकरणको रुपमा व्याख्या गरेका छन् । प्राचीनकालदेखि मध्ययुगको अन्त्यसम्म मानव जीवन पूर्ण रुपमा धर्ममा आधारित थियो । तात्कालीन समयमा धर्म नै मूल कानुन  थियो । परन्तु आधुनिक युगमा धर्म र कानून अलग अलग विधाका रुपमा विकास भएका छन् । वर्तमान युग बैज्ञानिकयुग भएको कारण धर्म एवं पूर्वीय दर्शनप्रति जनआस्था पनि कम हुँदै गइरहेको छ ।

. विश्वको प्राचीन धर्म

हिन्दू धर्म विश्वको सबै धर्म भन्दा पुरानो तेस्रो ठूलो धर्म हो । सन् २०१२ मा गरिएको  एक र्सर्वेक्षण अनुसार विश्वका करीव पन्ध्र प्रतिशत अर्थात् एक अरब त्रीपन्न करोड जनताले हिन्दू धर्मको अनुशरण गरिरहेका छन् । हिन्दू धर्ममा उपासनाका विभिन्न पद्धतिहरु, विभिन्न मतहरु, सम्प्रदायहरु र दर्शनहरु समेटिएका छन् । वैष्णव सम्प्रदायले विष्णुलाई परमेश्वर मान्दछन् भने शैव सम्प्रदायले शिवलार्इर्र्परमेश्वर मान्दछन् । यसैगरी शाक्त सम्प्रदायले देवीलाई परमशक्ति मान्दछन् भने स्मार्त सम्प्रदायले परमेश्वरका विभिन्न रुपलाई एउटै मान्ने गर्दछन् । यस धर्ममा सबै मत, सम्प्रदाय र देवी, देवताहरुप्रति समान रुपमा आस्था, श्रद्धा र सम्मान प्रकट गरिन्छ । विभिन्न देवी देवताहरुलाई पृथक पृथक रुपमा पूजा गरिए पनि सबैलाई एउटै देवी र देवताका फरक फरक स्वरुपको रुपमा लिईन्छ । तसर्थ यो धर्म अनेकतामा एकता भएको एकेश्वरवादी धर्म पनि हो । हिन्दू धर्ममा विभिन्न सोह्र संस्कारहरू छन् - गर्भाधान, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निस्क्रमण, अन्नप्रासन, चुडाकर्म, विद्यारम्भ,  कर्णपाद, यज्ञोपवित, वेदारम्भ, केशान्त, समार्वन, विवाह र अन्त्यष्टिकर्म । यी संस्कारहरु लामो अभ्यासपछि मानवलाई सुसंस्कृत, नैतिक र चरीत्रवान बनाउन श्रृषि मुनीहरुले स्थापित गरेका हुन् । बैज्ञानिक रुपमा समेत स्थापित यी संस्कारहरुलाई हामी जानी, नजानी अभ्यास गरिरहेका हुन्छौं । यी संस्कारहरुलाई हामीले राम्रोसंग बुझेर अनुशरण र अम्यास गरेमा जीवन सफल र र्सार्थक बन्दछ ।

. हिन्दू धर्ममा मूर्ति पूजाको शुरुवात

वौद्ध र जैन धर्मावलम्वीले मूर्ति पूजा गर्न थालेपछि हिन्दू धर्ममा पनि मूर्ति पूजाको शुरुवात भएको पाईन्छ । आज भन्दा करिव बाह्रसय वर्षपहिले जब भारतमा बौर्द्धधर्म र मुस्लिम धर्मले हिन्दू धर्मका मूल्य, मान्यतामाथि आक्रमण गर्न थाले तब आद्य शंकराचार्यले जटील भाषामा रहेका हाम्रा धार्मिक ग्रन्थहरुलाई भाष्य अनुवाद गरी सरल बनाई हिन्दूधर्मको प्रचार प्रसार र संरक्षणको लागि भारत भर धार्मिक यात्रा गरे । यस क्रममा उनले भारतको पर्ूवमा जगन्नाथ, पश्चिममा द्वारका, उत्तरमा बदरीनाथ र दक्षिणमा रामेश्वरम् समेत चारपिठहरु स्थापना गरी हिन्दू धर्मको पुनर्रुत्थान गरे । आद्य शंकराचार्यद्वारा स्थापना गरिएका यी पीठहरुलाई हामी चारधाम पनि भन्दछौं । यसपछि मध्ययुगतिर भारत र नेपालमा विभिन्न सम्प्रदायहरुले मठ मन्दिरहरु स्थापना गरी त्यसमा दवी, देवताको मूर्तिहरु राखी पुजा गर्ने प्रचलनको विकास गरे । मध्ययुगको अन्त्यसम्म मठ मन्दिर निर्माण गर्ने कार्य तीब्र गतिमा भएको पाईन्छ ।

. धर्मको लक्षण तथा सारतत्व

हिन्दू धर्म बेदमा आधारित सनातन धर्म हो । मनुले धैर्यता, सहनशीलता, क्षमादान, इन्द्रीय तथा कामबासना उपर नियन्त्रण, अन्तस्करणको शुद्धिकरण, बुद्धि विवेकको समुचित प्रयोग, ज्ञान र सत्यको खोजी, अहिंसा, अपरिग्रहलाई धर्मका लक्षणहरु बताउँदै क्रोध र चोरी जस्ता कार्यलाई पापकर्मका कारक तत्व बताएका छन् । हिन्दू धर्मको सारतत्व भनेको असल जीवन जिउने एउटा पद्धति वा कला हो । हाम्रा अग्रज ऋषिमुनिहरुले हजारौं वर्षको अभ्यासद्वारा आफ्नो जीवन पद्धतिलाई एउटा धर्मको रुपमा विकास गरे जसलाई हामी हिन्दू धर्म भन्दछौ । ऋषिमुनिहरुले आफ्नो  जीवनलार्इ  ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रममा विभाजित गरी विभिन्न संस्कारहरुलाई धर्मसंग जोडी जीवनलाई सुसंस्कृत बनाउने कार्य गरे । असल कार्यहरुलाई धर्म र खराब कार्यहरुलाई पापको संज्ञा दिई मानवलाई असल कार्यतर्फउत्प्रेरित गरे । अरुको भलो गर्नु नै धर्म हो भने अरुकसैलाई कुनै प्रकारको हानी नोक्सानी वा चोट पुर्याउनु पापकर्म हो । कर्मको फल यसै जीवनमा पाईन्छ, अर्को मानव जीवन छैन । हामी जस्तो कर्म गर्दछौं त्यस्तै फल प्राप्त गर्दछौं । असल कार्य गरे हामीले सबैबाट सम्मान पाउँछौ, खराब कार्य गरे दण्डित हुन्छौं । तर्सथ आफूलाई जुन काम, कुरा, व्यवहार वा आचरण राम्रो लाग्दैन त्यस्तो काम, कुरा, आचरण वा व्यवहार आफूले अरुप्रति नगर्नु नै धर्म हो । धर्म र पाप व्यक्तिको  काम, आचरण र व्यवहारबाट प्रदर्शित भईरहेको हुन्छ । माता, पिता, गुरु, अतिथी, वालक, वृद्ध, अशक्त र दीन दुःखीको सेवा गर्नु, कसैको हिंसा, हत्या नगर्नु, सबैसंग सत्य र प्रिय बचन बोल्नु, अर्काको कुनै वस्तु वा सम्पत्ति हरण नगर्नु, अर्काको कूभलो नचिताई परोपकारमा अर्थात् अरुको सेवामा आफूलाई र्समर्पण गर्नु नै सबै भन्दा ठूलो धर्म हो । संक्षेपमा सम्पूर्ण प्राणी जगतको कल्याणका लागि गरिने सबै पूण्य कार्यहरु नै धार्मिक कार्यहरु हुन् । पूर्वीय दर्शनले "सेवा ही परमो धर्म" भन्दै मानवलाई परोपकारमा लाग्न उत्प्रेरित गरेको छ ।  तर्सथ हामीले आफ्नो अमूल्य जीवनलाई सबैको कल्याणकारी कार्यमा केन्द्रित गर्नु पर्दछ ।

. ब्रह्मानन्द र मोक्षप्राप्ति

हिन्दू धर्मले धर्म, अर्थ, कर्म, मोक्ष, पुनरजन्म, र इश्वरप्रति विश्वास राख्दछ । यस धर्मले मानव जीवन, स्वर्ग  र नरकलाई अस्थायी एवं क्षणिक मान्दछ । स्वर्गप्राप्तिको अपेक्षा राख्नु मानव जीवनको लक्ष्य होईन । मोक्षप्राप्त गर्नु हाम्रो अन्तिम लक्ष्य हो । धार्मिकग्रन्थहरुले बिराटपुरूषलाई नै पूर्णब्रह्म वा पूर्णपरमात्माको रुपमा व्याख्या गर्दै उहाँलाई नै असीम, अनन्त, नित्य, शास्वत, निराकार, परब्रह्म बताएका छन् । यही नै परम सत्य हो । सत्, चित् र अनन्त आनन्दको अनुभूति नै परब्रह्म हो । ब्रह्म पूजाआजादेखि धेरै टाढा रहेको हुन्छ । ज्ञानी महापुरुषहरु ब्रह्मको पूजा नगरी ध्यानयोग गरिरहेका हुन्छन् । हिन्दूहरुले अक्षरलाई अति पवित्र ब्रह्म वाक्य मान्दछन् । ओमको ध्वनिमा पुरै ब्रह्मानन्द गुन्जी रहेको हुन्छ । ब्रह्मानन्दको अनुभूति गहिरो ध्यानयोगबाट मिल्दछ । यसै कारण ऋषिमुनीहरुले परमानन्द प्रप्तिको लागि ध्यान योग नै गर्दथे । वैदिककालमा आर्यहरुले न त देवताहरुको मूर्ति पूजा गर्दथे न मन्दिर नै बनाउथे । उनीहरुले अधिकांश समय ध्यानयोगमा नै व्यतित गर्दथे । ध्यानयोग पूर्ण रुपमा बैज्ञानिक छ । यसैले नै मानवलाई सबै प्रकारको तनावबाट मुक्ति दिलाउँछ । तर्सथ यदि हामी तनावबाट मुक्त भै परमानन्द प्राप्त गर्न चाहन्छौ भने शान्त मुद्रामा ध्यानयोगको अभ्यास गरौं । यसबाट नै परमानन्द प्राप्त हुन्छ । मूर्ति पूजा, तीर्थयात्रा र कर्मकाण्डीय यज्ञादिद्वारा यस युगमा मोक्षप्राप्त गर्न निकै कठीन छ । तत्वज्ञान नै मुक्तिमार्गको एकमात्र उपाय हो । योग साधनाद्वारा आफुभित्र नै तत्वज्ञानको खोजी गरी  जीवनलाई र्सार्थक बनाउनु नै हाम्रो परम लक्ष्य हुनु पर्दछ ।

१९. पूर्णपरमात्मा र आत्माको प्रसङ्ग

पूर्वीय दर्शन अनुसार पृथ्वीका सबै चेतनशील जीवात्माहरूको उत्पत्ति पूर्णपरमात्माबाट भएको हुँदा सबै प्राणीमा पूर्णपरमात्माको सुक्ष्म अंश कुनै न कुनै रूपमा विद्यमान हुन्छ । यसलाई आत्मा भनिन्छ । आत्मा सधै सत्यको पक्षधर अजर, अमर तथा पवित्र हुन्छ । सबै प्राणीको आत्मा पूर्ण परमात्माबाट कालशक्तिको भ्रममा परी विछोड भै आएको हुँदा जीवात्माले परमात्मासंग मिलन हुन खोजिरहेको हुन्छ । तर अज्ञानता, भ्रम, अन्धविश्वास, सांसारिक भोग विलास तथा माया जालको बन्धनमा फसेको कारण जीवात्माको परमात्मासंग सहज रुपमा मिलन हुन नसकी चौरासीलाख योनीमा पुनर्जन्म भई घुमी रहेको हुन्छ । जीवात्मा मध्ये मानवलाई सृष्टि कै उत्कृष्ट प्राणी मानिन्छ । ठूलो पूण्यकर्म पश्चात् मानव जीवन प्राप्त हुने हुँदा यसलाई निकै दूर्लभ जीवन बताईएको छ । पुनर्जन्मको चक्रबाट मुक्ति पाउन सक्ने एकमात्र जीवात्मा मानव हो । अन्य जीवात्मासंग बुद्धि र ज्ञानको मात्रा कम हुने भएकोले मुक्ति पाउन सक्दैनन् । मानवले तत्वज्ञानको माध्यमद्वारा वास्तविक ज्ञान प्राप्त गरी पुनर्जन्मको चक्रबाट मुक्ति पाउँन सक्दछ । सांसारिक भोग विलास, अन्याय पूर्ण तरीकाले आर्जन गरिएको धन सम्पत्तिबाट गरिने दान, देखावटी कर्मकाण्डीय पूजा अर्चना, तीर्थस्थानको भ्रमण आदि जस्ता बाहिरी कार्यबाट न त कुनै पूण्य फल प्राप्त हुन्छ न र्स्वर्गलोक प्राप्त हुन्छ ।

पूर्वीय दर्शन अनुसार्रर् इश्वर र्सवत्र र्सवव्यापक छ । सबै प्राणीको अन्तर्अात्मामा नै र्इश्वरको निवास हुन्छ । चर्म चक्षुबाट र्इश्वर वा परमात्माको दर्शन गर्न सकिदैन । इश्वरको दर्शन गर्न र्सबप्रथम हामीभित्रको अन्तस्करणको बिकार,फोहोर,मैला आदि सफा गर्नु पर्दछ । भित्री ज्ञानको सहायताले मात्र भगवान्को दर्शन गर्न सकिन्छ । तर्सथ भगवान्को दर्शन गर्न चाहने व्यक्तिले इश्वरको खोजी बाहिर होईन आफूभित्रको अन्तस्करणमा खोज्नु पर्दछ । यसको लागि आफ्नो मनलाई सधै स्वच्छ र पवित्र राखी आफूभित्र नै भगवान्को लागि सुन्दर मन्दिर निर्माण गरी भगवान्लाई स्थापित गराउनु पर्दछ । तवमात्र भगवानको दर्शन गर्न सकिन्छ । यो कार्य तत्वज्ञानबाट मात्र संभव हुन्छ । तत्वज्ञानले नै हामीभित्रको फोहोरलाई सफा गरी सुसूप्त अबस्थामा रहेको भगवानके अंशलाई उजागर गराई पूर्णपरमात्मासंग मिलन गराउँदछ । तसर्थ तत्वज्ञान प्राप्त गर्न भगवत् ज्ञान प्राप्त गरेको असल गुरु वा महापुरुषको मार्ग दर्शन वा सत्संग आवश्यक पर्दछ ।

२०.वंशावलीको उपयोगिता

हामीलाई गोत्र-प्रवरको जानकारी किन चाहियो - यस प्रश्नको उत्तर सजिलो छ । हामी नेपालीहरू यसको प्रयोग निरन्तर गर्दछौ । तर वास्तविकता सम्वन्धी राम्रो ज्ञान छैन । हामी कुनै पनि देवकार्य-पितृकार्य गर्दा सबैभन्दा पहिले सङ्कल्पबाट प्रारम्भ गर्दछौ । सङ्कल्प गर्दा हाम्रा पण्डितजीहरूले सृष्टिको प्रारम्भदेखि वर्तमान समयसम्मको कालखण्ड तिथि, मिति, वार, नक्षत्र, राशी, गोत्र, प्रवर र नाम आदि व्यहोरा पाठ गर्नु भएको हुन्छ । हामी सृष्टिको सबभन्दा श्रेष्ठ प्राणी भएको नाताले विशुद्ध रक्त समिश्रणमा विश्वास राख्दछौ । त्यो भनेको बैवाहिक सम्बन्ध हो । हाम्रो हिन्दू पद्धतिमा यो पक्ष अत्यन्त महत्वपूर्ण  रही आएको छ । हाम्रा ऋग्वेद कालदेखिका प्राचिन ऋषि-मुनिहरूले नर नारी सुसम्बन्धकै लागि गोत्र-प्रवर सम्बन्धी विभिन्न शास्त्रहरूको रचना गरेका छन् । बैवाहिक सम्बन्धमा हाडनातामा विवाह गर्नु हुँदैन भनिएको छ । गोत्र भनेको अति प्राचिन हाडनाता हो । तर्सथ सगोत्रीय वीच विवाह गर्नु हुँदैन । किनकि विवाह सम्बन्धमा गोत्र-प्रवरको समुचित समन्वयको अभावमा वंश विस्तारमा दुष्परिणाम आउन सक्छ । विवाह वंश विस्तारको प्रमुख कडी हो । यहाँ वर वा कन्याको सानो भूल वा अज्ञानताले भयावह परिणाम ल्याउन सक्तछ । तर्सथ हाम्रा पूर्वजहरूको कथन छ "मूलको पानी खानु, कूलकी छोरी विवाह गर्नु" । यहाँ सगोत्रीय बीच विवाह नगर्नु भन्न खोजिएको हो । विशुद्ध रज-वीर्यको समिश्रणले जन्मिएको सन्तानको जुन उज्ज्वल भविष्य छ त्यो सगोत्र विवाह वा अन्य जातीय विवाहबाट संभव हुँदैन बरू त्यसले अनिष्ट निम्त्याउन सक्तछ । यस तथ्यलाई आधुनिक वैज्ञानिक एवं मानवशास्त्रीहरूले समेत स्वीकार गरेका छन् । यसैकारण विवाह गर्दा गोत्र र प्रवरलाई विशेष ध्यान दिईन्छ ।

वंशावली आफ्नो गोत्र, थर, पुर्खा, जात, धर्म, परम्परागत संस्कृति, संस्कार, धार्मिक मूल्य मान्यता र परम्पराहरूको जानकारी लिन, आफ्ना पुर्खाहरूको बारेमा अध्ययन अनुसन्धान गर्न, आफ्ना बन्धुबान्धव बीच एकता तथा समन्वय कायम गर्न, कूलायन पूजामा एकरूपता कायम गर्ने जस्ता आदि कार्यहरूमा उपयोगी हुन्छ । अन्त्यमा धनञ्जय गोत्रीय मरासिनी र अन्य गोत्रका प्राचीन पूर्खाहरुको बारेमा जानकारी लिन इच्छुक पाठकलाई प्रस्तुत लेखले आम्शिक रुपमा जिज्ञासा मेटाउन सहयोग पुग्ने आशा राख्दछु । धन्यवाद ।

 

 

   सर्न्दर्भ सामाग्री

नोटः प्रस्तुत लेख बिक्रम सम्वत् २०७१ साल मार्ग १२ गते सम्पादन गरिएको हो ।

.    नेपाली थर गोत्र-प्रवर कोश -  श्रीहरि रूपाखेती, रत्नपुस्तक भण्डार, भोटाहिटी,    काठमाण्डौं, नेपाल ।

.    ब्रहृ्माण्डपुराण-गीतापे्रस गोरखपुर, भारत ।

.    वराहपुराण - गीताप्रेस गोरखपुर, भारत ।

.    श्री स्वस्थानी ब्रतकथा, चण्डेश्वरी प्रकाशन प्रा.लि., भोटाहिटी, काठमाण्डौं, नेपाल ।

.    श्रीमद्भागवत महापुराण,गीताप्रेश गोरखपुर ।

.    नेपालसंस्कृतविश्वविद्यालयपञ्चाङ्गम्, २०६९

.    गुरागाईं वंशावली २०५७

     विकिपेडिया, इन्साइक्लोपेडिया ।

.    ज्ञान गंगा, प्रचार प्रसार समिति, सतलोक आश्रम हरियाणा, भारत

१०.   सृष्टिचक्र तथा मानव समाज, डा. भद्रवीर अधिकारी, २०६३

११.   धनञ्जय गोत्रीय मरासिनी वंशावली, धनञ्जय गोत्रीय वंश परम्परा, श्री नारायण प्रसाद     मरासिनी, स्वामी शशिधर स्मृति प्रतिष्ठान सेमलार, बेलवरिया रुपन्देही, २०७०

१२.    मिल्केका झिल्का, डा. स्वामी प्रपन्नाचार्य, किरातेश्वर प्रकाशन, र्स्वर्गपुरी, रवि, पाँचथर     मेची अञ्चल नेपाल,दोश्रो संस्करण, २०७०